|
|
Main Page
|
|
|
|
सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत रक्षामन्त्री बिद्या भण्डारीसँग कुरा गर्दै।
[...बाँकी तस्बिरहरु...]
|
|
|
Nepal News
|
पानी जहाज दुर्घटनामा दश जना अझै वेपत्ता
|
काठमाडौं ,०४ जुलाइ, २० असार / कतारको दोहामा भएको पानी जहाज दुर्घटनामा परी मृत्यु भएका १२ जनामध्ये दुइ जनाको मात्र शव फेला परेको छ । खोजी भइरहेको र पछिल्लोपटक दुइवटा शव फेला परेपनि पहिचान हुननसकेको बताइएको छ । १० जना अझै वेपत्ता छन् । उनीहरुको मृत्यु भइसकेको जनाइएको छ । यद्यपि शव फेला परेको छैन । थप दुइवटा शव फेला परेपनि पहिचान खुल्न सकेको छैन ।
|
|
|
नेपाल विकास बैंक खारेजीको मागगर्दै मुद्दा दर्ता
|
काठमाडौं ,०४ जुलाइ, २० असार / नेपाल राष्ट्र बैंकले नेपाल विकास बैंकको खारेजी तथा दामासाही कारवाहीको माग गर्दै पुनरावेदन अदालत पाटनमा निवेदन दर्ता गराएको छ। राष्ट्र बैंकको एक टोलीले पुनरावेदन अदालतमा निवेदन दर्ता गराएको हो। निवेदनमा विकास बैंकको विघटनकालागि विघटन कर्ताको नियुक्ति, नेपाल सहकारीमा भएको रोक्का रकम यथावत राख्न, तथा साना निक्षेपकर्ताहरुलाई तत्काल रकम भुक्तानी गर्न लगायतका बुँदाहरु
|
|
|
|
|
|
|
Australia News
|
|
अस्ट्रेलिया, २ जुलाइ/ विगत केही वर्षदेखि "विश्व आदिवासी दिवस" नेपाली आदिवासी जनजातिमञ्च अस्ट्रेलियाले मनाउँदै आएको छ । यस वर्ष पनि ९ अगस्ट, २००९ का दिन "नेपालको नयाँ संविधान, जनजातिको पहिचान" नाराको साथ यो दिवस मनाइन लागिएको हो । Orion Function Centre 155 beamish St Campsie NSW 2194 मा बेलुका ५:३० बजेदेखि कार्यक्रमको आरम्भ हुनेछ । कार्यक्रमले नयाँ बन्ने संविधानलाई आदिवासीको पहिचान दिलाउन थप टेवा |
|
|
|
सिडनी, ०१ जुलाइ / बागलुङ अष्ट्रेलिया कम्युनिटिको आयोजनामा जुलाइ ५ का दिन भलिबलको फाइनल प्रतिस्पर्धा हुने भएको छ । सिडनीको इलावारा रोडस्थित म्यारिकभिल्ली पीसीवाइसी क्लबमा आगामि आइतवार दिनको २ बजे देखि खेलको आयोजना हुंदै छ ।
फाइनल खेल म्याग्दि भलीबल क्लब र थकाली सेवासमितिबिच हुने छ । खेलको समाप्तिपछि बिजयी टिमलाई पुरस्कार बितरण गरिनुकासाथै नेपाली नृत्य र अन्य
|
|
|
|
मेलवर्न, २७ जुन/ अष्ट्रेलियामा ७१ वर्षीया एक वृद्धाको प्राणघातक रोग स्वाइनफ्लुको जीवाणुको संक्रमणबाट मृत्यु भएपछि यो रोगको संक्रमणबाट मर्नेको संख्या वृद्धि भएर चार पुगेको त्यहाँका एक अधिकारीले बताएका छन् । भिक्टोरिया राज्यका कार्यवाहक स्वास्थ्य प्रमुख रोजमरी लेस्टरले अस्ट्रेलियाका कुल तीन हजार दुइ सय ८० व्यक्तिमा स्वाइनफ्लुको संक्रमण पुष्टि भएकोमा त्यसको आधा संख्या भिक्टोरिया राज्यमा रहेको जानकारी दिए ।
|
|
|
|
|
World News
|
सैनिक कारवाहीमा अठ्र्ठाईसजना मारिए
|
पेसावर, ३ जुलाइ/ अतिवादी चरमपन्थी समूहविरुद्ध सुरक्षाफौजले गरेको पछिल्लो कारवाहीमा २८ जना विद्रोहीको मृत्यु भएको छ ।
अफगानिस्तानसँगको खैबर क्षेत्रमा सैन्य हेलिकोप्टरले गरेको कारवाहीमा ती चरमपन्थी मारिएको सैनिक अधिकारीले बताए । उक्त क्षेत्रमा सक्रिय चरमपन्थीलाई परास्त गर्न सुरक्षाफौज अहोरात्र लागिरहेको उल्लेख गर्दै उनीहरुले अहिले पनि त्यहाँ भिडन्त भइरहेको जनाए ।
|
|
|
पाकिस्तानी सेना अफगानी सीमातर्फ
|
इस्लामावाद, ३ जुलाई/ पाकिस्तानले अफगानिस्तानको सीमा क्षेत्रमा आफ्ना सैनिक परिचालन गरको छ । अमेरिकी सेनाद्वारा तालिवान विद्रोही विरुद्ध सुरु गरिएको कारवाहीबाट बच्न आफ्नो सीमाक्षेत्रमा विद्रोही आउनसक्ने आशंकामा पाकिस्तानले सीमा क्षेत्रमा सैनिक परिचालन गरेको हो । पाकिस्तानी तथा अमेरिकी अधिकारी दक्षिणीअफगानिस्तानबाट तालिवानी विद्रोही पाकिस्तानी सीमा क्षेत्रमा भाग्नसक्नेतर्फ सतर्कता अपनाउनुपर्नेमा सहमत भएका छन् ।
|
|
|
फेरि क्षेप्यास्त्र परीक्षण
|
सोल, ३ जुलाई/ उत्तरकोरियाले हिजो छोटो दुरीका दुइवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दाबी दक्षिणकोरियाको रक्षा मन्त्रालयले गरेको छ ।
उत्तरकेरियाले हालै गरेको परमाणु परीक्षणपछि संयुक्त राष्ट्रसंघले नाकाबन्दी लगाएकाले तनावपूर्ण स्थितिको सामना गरेकै बेला पुनः क्षेप्यास्त्र परीक्षण गरेर अवस्थालाई अझै भयानक बनाएको दक्षिणकोरियाको टिप्पणी छ । क्षेप्यास्त्र हिजो दिउँसो पूर्वीतटीय सहर
|
|
|
समलिंगी सम्बन्ध अपराध नभएको ठहर
|
नयाँदिल्ली, ३ जुलाइ/ भारतको एक अदालतले समलिंगी सम्बन्ध अपराध नभएका ठहर गरेको छ । अदालतको यो निर्णयबाट समलिंगीप्रति संकुचित विचार भएको क्षेत्रमा उनीहरुले अधिक स्वतन्त्रता पाउनेछन् । दिल्ली उच्चअदाललते समलिंगी सम्बन्धलाई कानुनी मान्यता दिँदै वयस्कहरुबीचको सम्बन्धलाई वैध घोषणा गरेको हो । उक्त अदालतले हिजो सुनाएको निर्णय सिमलिंगीसम्बन्धी विद्यमान कानुन अवैध भएको उल्लेख छ । मौजुदा कानुनबाट समलिंगीहरुको मौलिक हक हनन भएको अदालतको ठम्याइ छ । अदालतको यो निर्णयसँगै विगत सात वर्षदेखि जारी समलिंगीसम्बन्धी मुद्दा खारेज भएको छ ।
|
|
|
कुकुरले पासपोर्ट खाएपछि यात्रा रद्द
|
विस्कन्सिन, ३ जुलाई/ विस्कन्सिनका एक किशोरको पासपोर्ट कुकुरले खाएपछि विद्यालयको गृहकार्य गर्न उनी पेरु भ्मणमा जान पाएनन् । धेरैल उनले गृहकार्य गर्न नसकेको कारण बताउँदा पत्याएका थिएनन् । तर पछि उनले गृहकार्य गर्न नसकेको कारण बताउँदा पत्याएका थिएनन् । तर पछि उनले भनेको साँचो भएको पत्ता लागेको थियो । सिकागोको ओहारा विमानस्थलका अधिकारीहरुले १७ वर्षे जोन मेयरलाई कुकुरले चपाएको
|
|
|
अमेरिकाका दुइ तिहाइ वयस्कको तौल बढी
|
सिकागो, ३ जुलाइ/ अमेरिकाका २३ वटा राज्यमा गत वर्ष पनि मोटो मानिसहरुको संख्या वृद्धि भएको एउटा अध्ययनले देखाएको छ । दुइ तिहाइ अमेरिकी वयस्क मोटापन वा बढी तौल भएका छन् र स्वास्थ्य सम्बन्धमा काम गर्दै आएका संस्थाले मोटोपनको महामारीले राष्ट्रिय स्वास्थ्यप्रणाली सुधार्न प्रयासरत सांसदहरको कार्य प्रभावित गर्नसक्ने बताएको छ।
|
|
|
ज्याक्सनको इच्छापत्र सार्वजनिक
|
लसएन्जलस, ३ जुलाइ/ माइकल ज्याक्सनले आफ्नो नाममा भएका सम्पत्ति आफ्नै नामको पारिवारिक ट्रस्टलाई दिन चाहेको इच्छापत्र सार्वजनिक भएको छ । माइकलले सन् २००२ मा लेखेको उक्त इच्छा पत्रमा आफ्नो शेषपछि आफ्ना सबै सम्पत्ति माइकल ज्याक्सन फेमिली ट्रस्टमा जानुपर्ने उल्लेख गरेका छन् । माइकललले जानीजानी आफ्नी पूर्व पत्नी डेबी रोएलाई हकदार हुनबाट वञ्चित गरेको उल्लेखगरेका छन् । माइकलको इच्छापत्र लस एन्जलस अदालतमा पेश गरिएको छ । जसको हकदार माइकलकी आमा, माइकलका तीन सन्तान र नाम उल्लेख नगरिएका केही परोपकारी संस्था हुने छन् ।
|
|
|
|
Nepal News
|
सप्तकोसीमा खतराको संकेत गाडियो
|
काठमाडौं ,०४ जुलाइ, २० असार / अबिरल बर्षाका कारण वढेको पानीको बहावले कोशी व्यारेजको १२ नम्वरको ढोका भत्काएको छ। ढोका भत्काएपछि सप्तकोसी नदीमा खतराको संकेत रातो झण्डा गाडिएको छ। एकसातादेखि अविरल भइरहेको बर्षाले कोसी नदीमा पानीको सतह बढेका कारण ब्यारेज क्षेत्रमा खतराको संकेत रातो झण्डा गाडिएको हो। नदीमा पानीको बहाव बर्षभरिकै उच्च
|
|
|
मन्त्रिपरिषद पाँचौं पटक बिस्तार
|
काठमाडौं ,०३ जुलाइ, १९ असार / प्रधानमन्त्री माधवकुमार नेपालले आज पाँचौं पटक मन्त्रिपरिषद बिस्तार गरी दुई नयाँ मन्त्री थपेका छन्। थपिएका मन्त्रीमा सद्भावना पार्टीका राजेन्द्र महतो - वाणिज्य तथा आपूर्ति मन्त्रालय र साना दलहरुका तर्फबाट सामाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपालका प्रेमबहादुर सिंह - कानून तथा न्याय मन्त्रालय छन्। मन्त्रिपरिषद पाँचौ पटक विस्तार हुँदा पनि सरकाले पूर्णता भने पाएको छैन।
|
|
|
माओवादीको साना दललाई आग्रह
|
काठमाडौं ,०३ जुलाइ, १९ असार / एकीकृत नेकपा माओवादीले राष्ट्रिय सहमतिको सरकार गठनमा सहयोग गर्न साना दललाई आग्रह गरेका छन् । आज सिंहदरबारमा साना दलसंगको छलफलमा विद्यमान गतिरोध अन्त गर्न सहमतिको सरकार गठनमा सहयोग गर्न आग्रह गरेका हुन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राट्रिय सहमतिको सरकार गठनमा सहयोग गर्न प्रचण्डबाट आग्रह भएको बताए । उनले भने, "हामीले राष्ट्रिय सहमतिको सरकारको औचित्य
|
|
|
विशेष समितिको संयोजक प्रधानमन्त्री-रक्षामन्त्री
|
काठमाडौं ,०३ जुलाइ, १९ असार / रक्षामन्त्री विद्यादेवी भण्डारीले सेना समायोजन विशेष समितिको संयोजकमा प्रधानमन्त्री माधवकुमार रहने बताएकी छिन् । आज सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विगतमा जस्तै प्रधानमन्त्रीले समितिको नेतृत्व गर्ने बताइन् । "सेना समायोजन विशेष समितिमा प्रधानमन्त्री माधवकुमार नेपाल रहनुहुनेछ,"मन्त्री भण्डारीले भनिन्, "अब सेना समायोजन प्रक्रिया अगाडि बढ्छ ।" समितिमा विगतमा जस्तै प्रमुख चार दलको सहभागिता रहने बताइन् ।
|
|
|
कोसी व्यारेजको १२ नम्वर ढोका भाँचीयो
|
काठमाडौं ,०३ जुलाइ, १९ असार / सप्तकोसी नदीमा पानीको बहाव बढेपछि बिहान कोसी व्यारेजमा रहेको १२ नम्वर ढोका भाँचीएको छ । ढोकाको काउन्टर वेल्ट भाँचिएपछि ढोका तल खसेको छ । बेल्ट भँचीएपछि १२ नम्वर ढोका खोल्न नसकिने भएको छ । यस अघि पनि तीन वटा ढोका बिग्रिएकाले कोसीमा पानीको मात्रा बढेपछि ४ वटा ढोका खोल्न नसकिने अवस्था आएको कोसी व्यारेज नियन्त्रण कक्षले जनाएको छ । ढोका खोल्न नसकीने भएपछि पानीको बहाव बढे खतरा हुने स्थानीयबासिन्दाले बताएका छन् ।
|
|
|
राष्ट्रपति र प्रधानमन्त्रीको भेटवार्ता
|
काठमाडौं ,०३ जुलाइ, १९ असार / राष्ट्रपति डाक्टर रामबरण यादव र प्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्रीले राष्ट्रपति डाक्टर रामवरण यादवलाई सदनमा भइरहेको अबरोध, सरकारको नीति तथा कार्यक्रम, बजेट ल्याउने तयारीबारे जानकारी गराउनु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।राष्ट्रपतिका संचार सल्लाहकार राजेन्द्र दाहालका अनुसार प्रधानमन्त्रीले सरकारको अहिलेको
|
|
|
एकचालीसवटा नगरपालिका थप्ने तयारी
|
काठमाडौं ,०३ जुलाइ, १९ असार / सरकारले ४१ वटा नयाँ नगरपालिका थप्ने तयारी गरेको छ । स्थानीय विकास मन्त्री पर्णकुमार शेर्माले ४१ वटा नयाँ नगरपालिका थप्न सरकारले अन्तिम तयारी गरिरहेको जानकारी दिनुभएको हो ।
उहाँले दलहरुको राजनीतिक संयन्त्र बनाएर स्थानीय निकायलाई प्रभावकारी बनाउने जानकारी पनि दिनुभयो ।
|
|
|
संविधान संशोधन जरुरी छैन - कोईरा
|
काठमाडौं ,०३ जुलाइ, १९ असार / राष्ट्रपति र प्रधानमन्त्रीको कार्य क्षेत्र स्पष्ट गर्न माओवादीले राखेको संविधान संशोधनको प्रस्ताव कांग्रेस सभापति गिरिजा प्रसाद कोईरालाले अस्वीकार गर्नु भएको छ । आज विहान विराटनगरमा पत्रकाहरुसित कोईरालाले संविधान संशोधन आवश्यक नभएको बताउनुभयो । राष्ट्रपति र प्रधानमन्त्रीको कार्यक्षेत्रका बारेमा संविधानमै उल्लेख भएकाले संविधान संशोधन
गरी राष्ट्रपति र प्रधानमन्त्रीको कार्य क्षेत्र थप स्पष्ट गरे अवरुद्ध संसद चल्न दिने प्रस्ताव गरेको थियो । संसद चल्न नदिए त्यसको परिणाम माओवादीले भोग्नु पर्ने कोईरालाले चेतावनी दिनुभयो । |
|
|
यार्सागुम्बा टिप्न गएका नौ जनाको हत्या
|
काठमाडौं ,०३ जुलाइ, १९ असार / यार्सागुम्बा टिप्न गएका सात जनाको हत्यापछि मनाङ र गोरखावासीबीच झडपको सम्भावना बढेको छ । यसअघि वेपत्ता भएका भनिएका सात जनाको मनाङको नार्का गाविसका बासिन्दाले हत्या गरेको पुष्टि भएको छ । गोरखाको टेरोजा गाविसबाट यार्सागुम्बा टिप्न जाने क्रममा झडप भएपछि नार्का गाविसका बासिन्दाले उनीहरुलाई कुटपिट गरी हत्या गरेका थिए । मरेकामध्ये पांच जनालाई कुटेर र
|
|
|
राष्ट्रिय सरकार जसको नेतृत्वमा भएपनि हुन्छ - कोइराला
|
काठमाडौं ,०३ जुलाइ, १९ असार / नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले जसको नेतृत्वमा भएपनि राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिएका छन् । प्रेस युनीयन मोरङद्धारा आयोजित पत्रकार भेटघाटमा बोल्दै समयमै संविधान लेख्नका लागि सहमतिको सरकार अनिवार्य भएको बताए । समयमै संविधान लेख्नका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ, कस्को नेतृत्वमा सरकार बन्ने भन्ने प्रश्नमा उनले भने, "जसको नेतृत्वमा बनाएपनि हुन्छ ।"
|
|
|
सबिधान संसोधन गर्न माओवादीको माग
|
काठमाडौं ,०३ जुलाइ, १९ असार / प्रधानसेनापतीलाई थमौती दिने राष्ट्रपतिको कदमको बिरोधमा आन्दोलन गरीरहेको एकिकृत नेकपा माओवादीले राष्ट्रपती र प्रधानमन्त्रीको अधिकार स्पष्ट पार्न सबिधान संसोधन गर्नु पर्ने माग गरेको छ । अवरुद्ध व्यवस्थापिका संसद सञ्चालन गर्ने विषयमा एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसबीच हिजो सिंहदरवारमा भएको छलफलमा माओबादीले यस्तो |
|
|
|
|
Finance News
|
चिनियाँ बैंकहरू मजबुत स्थितिमा
|
यता, चिनियाँ बैंकहरू भने मजाले नाफा आर्जन गरिरहेछन्, अर्थतन्त्र पनि वृद्धिउन्मुख छ । वित्तीय बजारमा ठूला खेलाडी बैंक अफ अमेरिका तथा सिटी ग्रुप आफ्नो खास जोगाउन नसक्ने अवस्थामा पुगेका बेला भारत तथा चीनका बैंकहरू अन्तर्राष्ट्रिय क्षेत्रमा पाइला बढाउन थालेका छन् । यिनीहरूको विदेश यात्राले सुखद वा दुखद कस्तो प्रतिफल दिन्छ भन्ने प्रश्न अहिलेलाई अनुत्तरित नै छ । तर, मन्दी भए पनि यी बैंकले आर्जन गरेको वित्तीय सफलताले भविष्यका सिटी ग्रुप वा बैंक अफ अमेरिका नहोलान् भन्न सकिंदैन ।
|
|
|
Tourism News
|
पर्यटकीय क्षेत्रमा फोहरको थुप्रो
|
फोहरबाट मल बनाउन हुने र पुन: प्रयोग गर्न सकिने बस्तु छुट्टयाएर संकलन गर्न नगरपालिकाले हरेक परिवारलाई दुइवटा बाल्टिन दिने गरेको छ । तर सो बाल्टिनको सही प्रयोग नहुदा मिश्रति फोहर सडकमा नै फालिन्छन् । यसरी फालिएका फोहरबस्तु सो स्थानमा नगरपालिकाले थुपार्दा भने हजारौं मानिसहरु प्रभाबित भएका छन् । यसबाट बर्षेनी डेढ लाख बिदेसी पर्यटकरुह प्रभाबित भएका छन् । यसै क्षेत्रबाट बिभिन्न कलेज र स्कुलकाका बिद्यार्थीहरु ओहरदोहर गर्ने गरेका छन् । वाल्यसे स्कुल, प्रदिप क्षेत्री सेकेण्डरी स्कुल, बिद्या बिकास माबि, काठमाण्डौं बिश्वबिद्यालय संगीत बिभाग, खोप कलेज, पद्म उमाबि आदिमा पढ्ने बिद्यार्थीहरु यहाको दुषित बाताबरण हुदै पढाई गर्न बाध्य भएका छन् । |
|
|
| |
|
| |
|
Ads
| |
| |
| |
| |
| |
| |
| |
| |
| |
Right_stuff
|
|
| |
|
|
|
|
|
|
|
|
Forex
|
Currency |
Buy |
Sell |
| Australian Dollar |
61.64 |
62.13 |
| US Dollar |
76.45 |
77.05 |
| Euro |
107.52 |
108.36 |
| |
|
|
|
Gold Silver Prices
|
Types |
Wgt(gms) |
Prices |
तेजाबी सुन |
10 |
23525 |
छापावाल सुन |
10 |
23705 |
असली चांदी |
10 |
373 |
( 10 Gms = 0. 8573 Tola ) |
|
|
|
|
Weather
|
City |
Max |
Min |
Dadeldhura |
26.5 |
12.5 |
Deepayal |
34.2 |
16.4 |
Dhangadi |
36.2 |
16.5 |
Birendranagar |
34.5 |
16.5 |
Nepalgunj |
37.8 |
15.5 |
|
| | |
|
City |
Max |
Min |
Sydney |
16 |
11 |
Melbourne |
13 |
8 |
Brisbane |
26 |
14 |
Townsville |
27 |
14 |
Cairns |
27 |
16 |
|
| | |
|
|
Online_Poll
|
|