Banner Page
www.nepalaustralainews.com      
 
 
  मंगलबार, २२ भाद्र २०६७
  गृह्पृस्ठ   आफ्नो बारेमा   फोटो फिचर   सम्पर्क ठेगाना   भण्डार
गृह्पृस्ठ बनाउनुहोस्
समाचार पठाउनुहोस् प्रतिक्रिया
| आज पनि प्रधानमन्त्रीका दुबै उम्मेदवार पराजित | | प्रधानमन्त्रीमा सातौं पटकको निर्वाचन सुरु | | प्रधानमन्त्रीमा सातौं पटकको निर्वाचन सुरु | | टेप प्रकरणको विषय टुङग्याउन माग | | मधेसी मोर्चा आज पनि तटस्थ बस्ने | | माओवादी कब्जामा रहेका प्रहरी मुक्त | | न्युजिल्यान्डमा सात रेक्टर स्केलको भूकम्प | | छोरीका कारण पदबाट राजीनामा | | सात बाल यौन दुराचारीलाई जेल |
Left Content





Watch on YouTube
अफ्रिकाको कालाजातीले नेपाली बोल्दा तपाइलाई कस्तो लाग्छ ?
View Recent YouTube Videos
Watch on YouTube
नयाँ बर्षको अवसरमा देशबासीलाई संबोधन गर्दै - प्रधानमन्त्रि माधव कुमार नेपाल
View Recent YouTube Videos
Details Page
मनोरन्जन
मनिषा विवाह बन्धनमा
नेपालअष्ट्रेलियान्युज सम्वाददाता
मनिषा विवाह बन्धनमा


"गोकर्ण फरेस्ट रिसोर्टमा मेरो कोठाको झ्याल ठूलो रहेछ। पर्दा खोल्नेबित्तिकै मैले सिंगारपटार गरेकी मनिषालाई बेहुलीका रूपमा देखेँ।" बलिउड अभिनेत्री मनिषा कोइरालाको विवाह समारोहमा भाग लिन भारतबाट आएका एक सहभागीले शुक्रबार भने, "उनी बिछट्टै राम्री देखिएकी थिइन्।" शुक्रबार मनिषाको सिंगारपटार स्वयम्बरका लागि थियो, सम्राट दाहालसँग। विवाह आज हुँदैछ, गोकर्ण रिसोर्टमै। बिहान ११ बजेको साइत जुरेको छ।

स्वयम्बरमा भाग लिन हिन्दी सिनेमाका कलाकार विवेक मुश्रन, सुमन रगंनाथन, डेल्नाज पल, गोविन्दाकी पत्नी सुम्मिता र डिनाइनर आना सिंह लगायतको उपस्थिति थियो। मनिषा अभिनीत पहिलो हिन्दी फिल्म "सौदागर" मा मुश्रन उनका जोडी थिए।

विवाहमा थप कलाकार आउने परिवार स्रोतले जानकारी दियो। खासगरी उर्मिला मातोडकर, पूजा भट्ट, रानी मुखर्जी, गोविन्दा, साहिद कपुर, ज्याकी श्राफ र गुल्सन ग्रोबरलगायत कलाकार सरिक हुने अपेक्षा गरिएको छ। ती सबैलाई निम्ता पठाइएको परिवार स्रोतले बतायो।

परम्परागत नेपाली शैलीमा सम्पन्न स्वयम्बरमा मानिषा नेपाली दुलहीको भेषमा देखिएकी थिइन्। अपराह्न पौने ४ बजे भएको स्वयम्बरमा कोइराला परिवारका आफन्तको बाक्लो उपस्थिति थियो। त्यसअघि वर पक्षले ४५ वटा "साइपाटा" ल्याएका थिए। साइपाटा ल्याउने वर पक्षलाई मनिषाले टिका लगाई दक्षिणा दिएकी थिइन्। त्यसबाहेकका सहभागीलाई मनिषाका दाजु सिदार्थ कोइरालाले टिका लगाइदिएका थिए। गिरिजापुत्री सुजाता कोइराला भने मन्त्रिपरिषद् बैठकका कारण स्वयम्बरमा बसिनन्।

शुक्रबारै बिहान कोइराला निवासमा मनिषा र सम्राटको टिकाटालो भयो। साँझ करिब साढे ६ बजे मनिषाले "मेहन्दी" सुरू गरिन्। मेहन्दी लगाउँदा उनी कुर्ता सलवारमा थिइन्। सम्राट सुटमा आएका थिए। उनीहरूलाई ओमप्रकाश शाहले परम्परागत वैवाहिक मेहन्दीमा सजाएका थिए। "यो मेहेन्दी लगाउन करिब चार घन्टा लाग्छ," उनले भने, "समय लगाएर तयार गरिने हुँदा लामो समय टिक्छ।" मनिषाले नै आफूलाई मेहन्दीका निम्ति डाकेको उनले बताए।

विवाहमा सरिक हुन आएकी बलिउड कलाकार गोविन्दाकी पत्नी सुम्मिताले मनिषाले नेपालीलाई नै विवाह गरेकोमा खुसी व्यक्त गरिन्। "मेरो लागि यो राम्रो कुरा हो। उनले नेपालीलाई नै बिहे गरिन्," उनले भनिन्। उनका अनुसार गोविन्दा कार्य व्यस्तताका कारण पछि आउनेछन्।

तामिल फिल्मकी अभिनेत्री सुमन रगंनाथनको यो पहिलो नेपाल भ्रमण हो। "नेपाल आउने मन थियो," उनले भनिन्, "विवाह सकिएपछि पनि नेपालमै केही दिन बस्छु।" उनी त्यस अवधिमा नेपालका विभिन्न ठाउँ घुम्ने तयारीमा छिन्।

गोकर्ण रिसोर्ट प्रवेशद्वारमा प्रतीक्षारत पत्रकारलाई देख्नासाथ सम्राटले गाडी परिवर्तन गरेर अघिल्लो सिटमा बसेका थिए। कार्यक्रममा नेपाली परम्परागत पञ्चे बाजा, लोक दोहोरी र भक्तपुरमा देखाइने महाकाली नृत्य प्रस्तुत गरिएको थियो। विवाहकै कारणले शुक्रबार र शनिबार गोकर्ण रिसोर्टमा अरू सबै बुकिङ स्थगन गरिएको छ।

 

प्रकाशित मिति : 2010-6-19 - 01:33

Drop your comment here

Full Name
Address
Email
Comment

Note : Message will be published after the editor's approval

यसअघिका मनोरन्जन ::
* सपनाविहीन सीमा
* मनिषा विवाह बन्धनमा
* मुटुछुने लुम्लेको हावाले......
* बन्द हडतालबाट दिक्कभए सिनेकर्मी
* बलिउड छिर्ने सोचाइमा डोली
* मुम्बई गर्ल रहीरहने मनिषाको दावी
* अष्ट्रेलियामा छ बटा स्टेज कार्यक्रम छ
* जरिनलाई बलिउडमा जमाईने
* दंग छिन नंदना
* हिरोइन पूजाले बिहे गरिन
* यसरी मनाउंदैछन् कलाकारले तिहार
* रेखाका सपना
* विस्तारा तताउन नसकेर पछि परेँ - इशा
* गाईजात्रामा दुइ धाराका हाँसो
* नयाँ सोचसहित आउनेलाई एक्ल्याउने काम हुन्छ
* लोकप्रियता बचाउन चिन्तित माग्ने बुढा
* भल्गर होइन सेक्सी मात्र
* फिल्ममा सफल नभए व्यापार
* अङ्ग प्रदर्शन बिक्छ - तेजुला खतिवडा
* जसरी भएपनि टिकिन्छ : जानु अर्याल
* "केटी हराएको सूचना"बनाउंदैछिन झरना
* मिस नेपाल अष्ट्रेलिया २००८ भइन् सनम डंगोल
* राजधानिमा मोस्ट वान्टेडको सुटिङ
* सेलाएन झरनाको चर्चा
* चलचित्र महोत्सवमा यस्तो पनि देखियो
* ग्ल्यामर हिरोइन सेलिना
* 'जयशिवशंकर' मा राजेश, निखिल र ढुंगाना
* भुवनलाई दोहोरो दसैं
Ads

Right_stuff
Forex
Currency
Buy
Sell
Australian Dollar
65.81
66.37
US Dollar
70.90
71.50
Euro
95.07
95.87
UK Pound Sterling
109.60
110.53
Swish Franc
66.37
66.94
Canadian Dollar
71.07
71.68
Singapore Dollar
51.67
52.11
Japanese Yen
7.62
7.69
Gold Silver Prices
Types
Wgt(gms)
Prices
तेजाबी सुन
10
27235
छापावाल सुन
10
27415
असली चांदी
10
446
( 10 Gms = 0. 8573 Tola )
Online_Poll
 प्रजिअ पिट्ने राज्यमन्त्रीलाई कस्तो कार्वाहि गर्नुपर्ला ?

मन्त्रीपदबाट बर्खास्त गर्नुपर्छ
माफि माग्न लगाउनु पर्छ
स्याबासी दिनु पर्छ
कडा कार्वाही गर्नुपर्छ

 


Footer Page