नेपालमा रहँदा कहिल्यै समुद्र नदेखेको लेखक पहिला-पहिला क्यालिफोर्नियाको समुद्र किनारमा उभिएर लामो समयसम्म अनन्तमा दृष्टि फिंजाइरहन्थ्यो । त्यस बेला यसलाई यो दृश्य देख्न र समुद्रका साथ आउने हावासँग खेल्न पाएकोमा निकै रोमान्चक अनुभूति हुन्थ्यो । लाग्थ्यो मेरो देशमा समुद्र देख्न पाउने भाग्यमानीहरु कति होलान् ? सयमा दश जति होउन्- म त्यही भाग्यमानीभित्र पर्छु ।
आफूलाई भाग्यमानी ठान्नुको पछाडि एउटै कारण थियो मैले नयाँ दृश्य आफ्नै आँखाले देखेको थिएँ । जब ममा भाग्यमानी रहेको अनुभूति भयो मैले जीवनमा सामान्यतः असहज मानिने कामहरु पनि सफलताका साथ पूरा गर्न सकें । नयाँ दृश्यले मलाई जीवनलाई सफलताका साथ अघि बढाउने दियो । एकातिर दृष्टिकोण फराकिलो भयो अर्कातिर आत्मविश्वास पनि बढेर आयो । अमेरिका आएर मैले दर्जनौं यस्ता नयाँ अनुभूति गरें जसले मलाई जीवनले पूर्णता पाएको विश्वास गर्न सघायो ।
अमेरिकाका व्यस्त राजमार्ग र नेपालका गाईबस्तुसँगै हिंड्ने सबारीहरु समुद्री देशमा स-साना ढिस्कालाई पनि पहाड भन्ने मानिस र नेपालमा एक बिहान हिंड्दा पनि नछिचोलिने पहाडलाई पनि सामान्य ठान्ने जनजीवन । एक प्रकारले भन्ने हो भने मरुभूमिको व्यक्तिले हिमनदीमा पौडिएसरहको अनुभव । शरीरका रोम-रोमले कल्पनै नगरेको नयाँ स्वाद र अनुभूति पाउने अवसर । नेपालमा पुग्ने विकसित मुलुकका हरेक व्यक्तिले जीवनको भिन्न ध्रुव पहिचान र परिमापन गर्न पाउँछन् । जो अन्यत्र कतै सम्भव छैन । जीवनमा एकै पटक पनि नेपाल नपुगी जसले जीवन समाप्त बनाउँछ उसले जीवनको पूरा स्वाद नपाई आफूलाई अन्त्य गर्दछ ।
सगरमाथाको उचाइ र गौतमबुद्धको लुम्बिनीको बसाइलाई नेपाल नपुगी अनुभूति गर्न कसरी सकिन्छ र ! यी दुवै नेपालका यस्ता निधि हुन् जसको उपस्थिति नेपालअतिरिक्त अन्यत्र यस पृथ्वीमा कतै छैन । नेपाल आएर पृथ्वीको तेस्रो ध्रुवको शिरमा पाइताला राख्ने शौभाग्य र सामथ्र्य जो कोहीसँग हुँदैन । यसो भनेर हिमाल चढ्न सकिन्न के नेपाल जानु भनेर निच मार्नु पनि पर्दैन । यसको आधारशिविरसम्म पुग्न खासै अनुभव र विशेष क्षमताको आवश्यकता पर्दैन । काठमाडौंबाट विमान चढेर लुक्ला सोलुखुम्बु झर्न सकिन्छ ।
सामान्य पैदलयात्रापछि आधारशिविर पुग्नसकिन्छ । यो उपलव्धि मात्र पनि सामान्य होइन किनभने नेपाली भएरै पनि दुई प्रतिशत नेपालीले आधारशिविरसम्म पनि छोएका छैनन् । तर निर्धन नेपालीका लागि भन्दा सम्पन्न विदेशीका लागि यो रोमान्चक यात्रा बढी सम्भव छ । किनभने जीवनको स्वाद लिन र यसलाई पूर्ण बनाउन विभिन्न ठाउँको यात्रा गर्नु नेपालीका लागि टाढाको विषय हुनपुग्छ । आधारभूत सुविधामै अल्झिरहेका उनीहरुका लागि यो विषय अझै प्राथमिकतामा परेको छैन । तर विकसित मुलुकका नागरिकको कुरै बेग्लै हो !
विश्वका सर्वाधिक उचाइमा रहेका पहाडहरुमा सगरमाथाको विकल्प त छैन नै साथमा दोस्रो उचाइको के-२ आरोहरण गरेर वा त्यसको निकट पुगेर यसको क्षतिपूति गर्छु भन्न पनि सकिन्न । नांगा पहाड पनि भनिने के-२ आरोहणका दृष्टिले अत्यन्त कठिन मानिन्छ । सगरमाथा आरोहण अनुपातिक रुपमा त्यति कठिन छैन । कतिलाई प्रतिव्यक्ति २५ हजार अमेरिकी डलर रोयल्टी कठिनाइको विषय हुनसक्छ भने त्यो बेग्लै सन्दर्भ हुनेछ ।
दक्षिण एसियाका विशालतम मुलुकहरु चीन र भारतको बीचमा ससेज कबगकबनभ जस्तो तन्किएर रहेको नेपालमा दुवै छिमेकी देशमा भएका भन्दा बढी विविधता देख्न र भोग्न पाइन्छ ।
सन् २००८ मा राजतन्त्रको अन्त्य भएपछि संक्रमणकालीन राजनीतिमा रहेको नेपालमा राजनीतिक पर्यटकले पनि नयाँ दृश्यहरु पाउने छन् । बीसौं हजार नेपालीको वलिवेदीपछि रोकिएको सशस्त्र द्वन्द्व आज संक्रमणकालीन शान्ति प्रक्रियामा छ । सामाजिक तथा राजनीतिक क्षेत्रका विद्यार्थीका लागि नेपाल आज अध्ययनको विषय बनेको छ । यस अवस्थालाई अवसर ठान्ने जो कोहीका लागि नेपाल भ्रमण अनिवार्य हुनआउँछ ।
हिमाल पहाड र तराई गरी तीन क्षेत्रमा विभाजित यस मुलुकमा कहिल्यै नपग्लिने बरफका पहाड र ४५ डिग्री सेल्सियससम्मको तापमान पाइन्छ । जाडोका कारण एक वर्षमा एक पटक पनि ननुहाउने र गर्मीले दिनमा ६ पटक नुहाउने नेपालीको जनजीवन अध्ययनका लागि कम रमाइलो छैन । तपाईं लेकको वासिन्दा हुनुहुन्छ भने नयाँ जनजीवनको अध्ययनका लागि तराई जानसक्नुहुन्छ मरुभूमिको छेउछाउको हुनुहुन्छ भने हिमालको फेदी नयाँ अवसर सँगालेर उभिएको पाउनु हुनेछ ।
नेपालमा खासगरी शेर्पा संस्कृतिको अध्ययन गर्न ठूलो परिमाणमा विदेशीहरु आउने गरेका छन् । आधुनिक सभ्यताको कुनै किरण पुग्न नसकेको हिमाली क्षेत्रका आदिवासीको जनजीवन साँच्चिकै अनौठो छ । अग्ला हिमाल र तीखा पहाडसँग पौठेजोरी खेल्दै हुर्किएका हिमाली तथा पहाडी आदिवासी नेपालीसँग बोल्न सहभोजन र सहयात्रा गर्न विकसित मुलुकका हरेक नागरिक व्यग्रताका साथ पर्खिरहेका हुन्छन् ।
नेपाल जम्मा पृथ्वीको आयतनमा केबल ०।१ प्रतिशत भूभाग ओगट्ने मुलुक भएर पनि विविधताको प्रतिशत भने निकै अधिक छ । विश्वमा पाइने फूलहरुमा २ प्रतिशत यस मुलुकमा छन् र ८ प्रतिशत चराचुरुंगी जसमा ८४८ प्रजातिका छन् पनि यहीं पाइन्छन् । विश्वका स्तनधारी जीवमध्ये ४ प्रतिशत नेपालमै छन् । पुतलीहरुको त नेपाल भण्डारैजस्तो छ विश्वमा पाइने १५ परिवारका पुतलीमध्ये ११ थरि यहीं पाइन्छन् भने प्रजातिका हिसावले हेर्दा ५ सयभन्दा बढी प्रजाति फेला पर्दछन् । यस्तै घज्ञढ प्रजातिका अर्किड भ्हयतष्अ यचअजष्मक खेलाउन चाहने वनस्पतिका बिद्यार्थीका लागि पनि नेपालको यात्रा लाभप्रद हुनेछ ।
संस्कृतिको विविधताका लागि नेपाल खानी नै मानिन्छ । २ करोड ६० लाख जनसंख्याको यो मुलुकमा सयभन्दा बढी जाति-जनजाति रहेका छन् भने उनीहरुले बोल्ने भाषाको संख्या पनि ८० भन्दा अधिक छ । जन्म र मृत्युसंस्कार तथा विवाहबारीआदि परम्परागत चालचलन हेरेर रमाउने विदेशीहरुका लागि जीवनभर अवलोक गरेर पनि नसकिने दस्ताबेज फेला पर्नेछ । करिव ९० प्रतिशत जनसंख्या हिन्दु धर्माबलम्बी रहेको मुलुकले हालै मात्र धर्मनिरपेक्षतालाई संवैधानिक मान्यता प्रदान गरेको भए पनि परम्परागत रुपमा नै कायम रहेको धार्मिक सहिष्णुता अध्ययनयोग्य छ ।
अनौठा विषयमा रमाउनेहरुका लागि धर्म-संस्कृतिसँग जोडिएको संगीत पनि उत्तिकै मोहक सावित भएको छ । तामाङसेलो रोदी दोहोरी मारुनी पाचेबाजा धिमे सोरठी देउडा थारु काँठेआदि सयौं प्रकारका संगीतिक सभ्यता हेर्दा पर्यटकको वर्षौं लामो समय सहजै बित्नेछ ।
यीआदि सुन्दर सभ्यताका साथ नेपालमा पछौटे पनका कारण सिर्जना भएका विकृति पनि पर्यटकका लागि रोचक विषय हुनसक्छन् । कति अन्धविश्वासले सिर्जना गरेका परम्परा धामीझुक्री बोक्सी प्रथा दाइजोको झगडा घरेलु हिंसा र सामाजिक विभेद लैंगिक असमानताआदि कति छन् कति खोजीका विषयहरु । गाई र सर्पलाई साष्टांग दण्डत गर्ने अनि कुकुरलाई माला लगाइदिने दृश्य देख्दा कुन विदेशी नरमाउला र ! राजमार्गहरुमा सवारी चालकसँग लाइसेन्स मागौलाजस्तो गरेर बसेका गाईबस्तुहरु देख्दा पर्यटकहरु हेरेको हेर्यै नहुने कुरै छैन !