Banner Page
www.nepalaustralainews.com      
 
 
  आईतबार, २० भाद्र २०६७
  गृह्पृस्ठ   आफ्नो बारेमा   फोटो फिचर   सम्पर्क ठेगाना   भण्डार
गृह्पृस्ठ बनाउनुहोस्
समाचार पठाउनुहोस् प्रतिक्रिया
| प्रधानमन्त्रीको सातौं पटकको चुनाव तेईस गते | | युवा सङ्घले गोदामहरुमा छापा मार्ने | | छैटौं पटकपनि प्रचण्ड र पौडेल पराजित | | नेपाल फेस्टिवल २०१० सिड्नीमा भब्यताकासाथ सम्पन्न, अब ब्रिस्बेन र मेलबर्नमा | | नियतवशः विवादमा तानियो - चीन | | देउबाले आज उम्मेदवारी घोषणा गर्ने | | मधेसी मोर्चाको बैठक बस्दै | | आजपनि प्रधानमन्त्री नचुनिने | | टेप प्रकरणको छानविन गर्न माग |
Left Content





Watch on YouTube
अफ्रिकाको कालाजातीले नेपाली बोल्दा तपाइलाई कस्तो लाग्छ ?
View Recent YouTube Videos
Watch on YouTube
नयाँ बर्षको अवसरमा देशबासीलाई संबोधन गर्दै - प्रधानमन्त्रि माधव कुमार नेपाल
View Recent YouTube Videos
Details Page
बिचार
झण्डाको ओतमा खाम
उषाकिरण तिम्सेना
झण्डाको ओतमा खाम


 "जनसेना"का कमाण्डरको चर्चा सैद्धान्तिक र राजनैतिक रुपमा परिपक्व, क्रान्तिकारी व्यक्तित्व र पारदर्सी जिवनसैलीका कारण हुनुपर्ने हो तर त्यसको ठिक विपरित "माओवादी डिभिजन कमाण्डर" कालीबहादुर खामको चर्चा विभिन्न आपराधिक घट्नासँग जोडिएर भएको छ । लुटपाट, तस्करी र किर्ते कागज आदीमा । माओवादीका केन्द्रीय सदस्यसमेत रहेका उनीमाथी यस्तो संगिन आरोप लागेको यो प्रथम पटक होइन । यसबारे जगत जानकार छ कि यस अघि नै उनलाई काठमाडौ कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्या आरोप थियो र अदालतले पक्राउ पुर्जी समेत जारी गरेको थियो र अहिले पनि खाम प्रहरीको "फरार सुची" मा छन् । देशको सबैभन्दा ठुलो पार्टीको केन्द्रीय सदस्यमाथी यस्ता आरोपहरु लागीसकेपछि, उनी आफु त्यसमा संलग्न थिएनन् भने पनि प्रहरीको अनुसन्धानलाई मदत गर्न उनी प्रहरीकहाँ उपस्थित भएर वास्तविक अपराधी पत्ता लगाउन सहयोग पुयाउन पर्थ्यो, त्यो भएन । 

अपराधमा उनी मुछिएको समाचार बाहिर आइसकेपछि माओवादी अभिव्यक्ति झनै हास्यास्पद र गैरजिम्मेवार देखियो । कहिले आफ्नो पार्टीको केन्द्रीय सदस्य छ महिना देखि सम्पर्क विहिन छन् त कहिले दुइ महिना देखि सम्पर्क विहिन भनिएको छ । यो भन्दा लज्जास्पद केही होला ? यसविचमा माओवादीले राष्ट्रियता र राष्ट्रपतिका कदमका कुरा उठाएर "जनआन्दोलन" गर्यो । त्यत्रो "महान जनआन्दोलन"ताका कता अलप हुनुभएको थियो "गौरवसाली पार्टीका केन्द्रिय सदस्य ? जवाफ छ ? जवाफ छैन र माओवादीबाट यस्ता प्रश्नको जवाफको अपेक्षा म राख्दिन । किनभने धेरै प्रश्नहरु छन् इतिहासको कठघरामा माओवादीले पेश गर्नुपर्ने ।

विपरित विचार राख्ने अन्य पार्टीका मान्छेलाइ "प्रतिकृयावादीहरुले लगाएको कोरा आरोप" भनेर पन्छेला माओवादी तर आफ्नै पार्टीका त्यागी र इमान्दार कार्यकर्ताहरुले यस घट्नाको पारदर्सीता चाहेका छैनन् होला ? समायोजनको प्रतिक्षामा रहेका लडाकुहरुले आफ्नो कमाण्डरमाथी लागेको आरोपको सफाई चाहेका छैनन् होला जसले आफ्नो सुनौलो जवानी, पसिना र जीवन नै न्यायिक समाजको चाहनामा खर्चेका छन् । एमाओवादीले यसको चित्तबुझ्दो जवाफ दिने छाँटकाँट देखाएको छैन । यसबाट खाम आपराधिक गतिविधीमा संलग्नतामा कतै पार्टीको संस्थागत संलग्नता त छैन भन्ने प्रश्न उठेको छ । तर प्रश्नहरु मात्रै कोरा प्रश्नहरु रहिरहने डर छ ।

अनमिनको अनुगमनमा रहेको क्यान्टोनमेन्टबाट यी कमाण्डर कति सहजै बाहिर निस्कँदा रहेछन् । रोल्पाको शिविरमा रहेका उनि काठमाडौमा आएर डेरामा बस्दा रहेछन् । कति विशेष अधिकार पाएका ? निजी गाडी साथमा, पाँच सात लाख नगद खल्तिमा । क्या सान्दार जीवन ? सरकार र अन्य दलहरुले बेलाबेला अन्मिनको भुमिकामाथी शन्देह प्रकट गर्दै आएका छन् । यो प्रकरणमा अनमिन बोल्नुपर्दैन ? गाँठी कुरा के हो ए कसमसजी ? अनमिनका गोरो वा कालो छाला भएका (मेरो आशय यहाँ रंगभेद होइन ।) हरुको नेपालमा काम के हो ? खाम प्रकरणको श्रृंखलामा अनमिनको आधिकारिक धारणा के हो ? संक्रमणकालका जनता प्रतिक्षामा छन् ।

विगतमा अपराधका आरोपीहरु अनुसन्धानको घेरामा नपरेको केहि दृष्टान्त छन् । पूर्व युवराज पारस शाह सत्ता र सँस्कृतिको आडमा अपराध गर्ने गर्छन् भन्ने सुनिएको थियो । उनले चलाएको गाडीले एक संगितकारको मृत्यु हुन गएबाट उनी विवादित बनेका थिए । तर त्यस घट्नाको पटाक्षेप भिन्न ढंगले भयो । सत्ता र शक्तिको दुरुपयोग पहिले राणाले गरे । हिजो पंचे र मण्डलेले गरे भने आज तिनको ठाउँमा अरुले गरे भने परिवर्तनको के अर्थ रह्यो ?

आरोपी अनुसन्धानको घेरामा पर्ने वित्तिकै राजनैतिक दवावका कारण अप्ठ्यारोमा पर्ने गरेको कुरा विगत देखिनै प्रहरीका हाकिमहरुले बताउँदै आएका छन् । यसको अर्थ हो झण्डाको ओतमा अपराधीहरुको झुण्ड छ । यो पार्टी उ पार्टी भन्ने कुरो रहेन । त्यसरी ओत पाउनुको पछाडी  भोट र पैसाको कुरो त जोडिएकै हुन्छ । खाम प्रकरणको सत्य कुरो बाहिर आउँदा पनि माओवादी नेतृत्वलाई डर होला लहरो तान्दा पहरो थर्कने । नत्र भने बारम्बार किन भाषा फेरिन्थ्यो ! विगत छ महिनादेखि खाम पार्टीको सम्पर्कमा छैनन् , दुइ महिनादेखि थिएनन् , पार्टीको चेन अफ कमाण्डमा रहेर काम गरिरहेका छन् , आरोप लगाउँदैमा हुन्छ ? आदी । तर माओवादी महाशयहरु, प्रहरी अनुसन्धानबाट प्राप्त परिणाम हो खाममाथीको आरोप ।

र अर्को कुरो, चिनिया व्यापारी प्रकरणमा उनी नमुछिएकै हुन्थे भने पनि उनी प्रहरीको "फरार सुचि"मा पहिल्यै थिए । व्यापारी श्रेष्ठको हत्या आरोप लागेलगत्तै खामलाई पार्टीमा बढुवा गरेर केन्द्रीय सदस्य बनाएको हो । त्यसमा माओवादीको चौतर्फी आलोचना भयो तर माओवादी कान थुनेर बस्यो । अझ गजवको कुरो त रामहरी हत्या आरोप लागेका तल्लो तहका जनसेना भने यतिखेर कारवास सजाय भोगिरहेका छन् । यसरी सानालाई ऐन, ठुलालाई चैन भयो । यस्तो मत्स्य न्यायको अभ्यास त्यत्रो गौरवसाली संस्थामै हुन्छ भने किन अझै क्रान्ति र परिवर्तनको कुरा गर्नु एमाओवादीले ?

देशको नम्बर एक पार्टी माओवादीमाथी बारम्बार अपारदर्सीताको आरोप लाग्दो छ - उ शिविर छोडेको सेनाको नाममा पैसा निकाल्छ , सरकारले दिने पुरै तलब जनसेनालाई दिँदैन , निश्चित प्रतिसत कटाएर मात्र दिन्छ । यस्ता आरोपहरुको एमाओवादीले खण्डन गर्नुपर्थ्यो तर पैसा देखेपछि माओवादीका बहुनेत्र । उ जसो गर्दा आफ्नो खल्ति बलियो हुन्छ त्यसै गर्छ । नेताहरुले व्यक्तिगत सम्पति राख्न नपाउने, सम्पतिमा हदबन्दि लाग्ने आदीजस्ता पारदर्सीका माओवादी दस्तावेज सुन्नमा त आउँछन् तर कार्यान्वयन नास्ती । जनताका आँखामा छारो हाल्न मात्रै आउँछन् त्यस्ता कुरा ।

नेतृत्वको तामझामपूर्ण पारिवारिक भ्रमण, तडकभडकपूर्ण जीवन सैली, महंगा मोटर र महंगा आवास, वाइसिययलको "ब्यारेकीय" संरचनाले माओवादी पार्टी चल्न कुवेरकै भण्डार चाहिने प्रस्ट छ । युद्ध कालमा जस्तो मनपरी नचल्ने भएकाले लेबी, पार्टी सदस्यता र "सहयोग"ले पार्ट चल्न कठिन छ । त्यसैले माओवादी अर्थ व्यवस्था चोर बाटोबाट चलेको छ भनेर शंका गर्ने ठाउँ प्रशस्तै छ ।

यदि माओवादीको अवस्था यो होइन भने खामलाई तत्काल प्रहरीमा बुझाएर नागरिक सुरक्षामा सहयोग गर्नुको विकल्प छैन । होइन भने फेरिपनि "क्रान्ति र आन्दोलनको रामनामी" भित्र कति धेरै अपराध छोपिएलान् , कल्पना पनि गर्न सकिन्न ।

timsenausha@gmail.com

प्रकाशित मिति : 2010-7-22 - 01:21
prabun's message
|Address :: dubai | Email :: niraulaprabin@yahoo.com|
ramro lagyo yastai yastai aru pani lekhdhai garnu kamred.

Drop your comment here

Full Name
Address
Email
Comment

Note : Message will be published after the editor's approval

यसअघिका बिचार ::
* सम्झनामा दोस्रो विश्वयुद्ध
* तीन पक्षीय सहमतीको नेतृत्व अबको अपरिहार्यता
* झण्डाको ओतमा खाम
* किन हटेन राजनीतिक गतिरोध ?
* माओवादीसंग नभएको कुरो
* माओवादी कार्यदिशा सम्झौतापछि अलपत्र
* किन अझै दोहोरो चरित्र ?
* त्यो काम नेकपा एमालेले गर्छ
* नयाँ नेपाल र शासकीय स्वरुप
* गिरिजाबाबुको निधन र काङग्रेसको जिम्मेवारी काङ्ग्रेस
* खण्डित राष्ट्रियता - रमेश पाण्डे
* मौसमी राष्ट्रवाद
* शान्ति प्रक्रिया र संविधान निर्माणका जटिलता
* नेताहरुको सिंगापुर यात्रा
* नागरिक सर्वोच्चता, बहुदलीय जनबाद र आन्तरिक प्रजातन्त्र
* "नागरिक सर्बोच्चता" : भ्रम र वास्तबिकता
* बिल क्लिन्टन र नागरिक
* राज्य पुनःसंरचना : समस्या, चुनौति र समाधान
* कम्युनिस्ट आन्दोलनमा विचार निर्माण
* सुर्यलाई अर्ध र शैलजाको नियती
* वर्तमान परिस्थिति र नेपाली काङ्ग्रेस
* भावी अनिष्ट र जनताको दायित्व
* राजनीतिमा परिवारवाद
* समयमा नै निर्णय नगरे पछुताउनुपर्ला
* सुनिस्चित भबिष्यका लागी केहि सबालहरु
* थरुहट आन्दोलनः पहिचानको सवाल
* युगान्तकारी निर्णय गरौं
* महासचिवको रुपमा मेरा पन्ध्र बर्ष
* आर्थिक मन्दीको नेपालमा असर
* सरकारमा भएको गनगने प्रतिपक्ष
* माओवादीका दुई रूप
* संघीय गणराज्य र राज्य पुनसंरचना
Ads

Right_stuff
Forex
Currency
Buy
Sell
Australian Dollar
65.81
66.37
US Dollar
70.90
71.50
Euro
95.07
95.87
UK Pound Sterling
109.60
110.53
Swish Franc
66.37
66.94
Canadian Dollar
71.07
71.68
Singapore Dollar
51.67
52.11
Japanese Yen
7.62
7.69
Gold Silver Prices
Types
Wgt(gms)
Prices
तेजाबी सुन
10
27235
छापावाल सुन
10
27415
असली चांदी
10
446
( 10 Gms = 0. 8573 Tola )
Online_Poll
 प्रजिअ पिट्ने राज्यमन्त्रीलाई कस्तो कार्वाहि गर्नुपर्ला ?

मन्त्रीपदबाट बर्खास्त गर्नुपर्छ
माफि माग्न लगाउनु पर्छ
स्याबासी दिनु पर्छ
कडा कार्वाही गर्नुपर्छ

 


Footer Page