Banner Page
www.nepalaustralainews.com      
 
 
  मंगलबार, २२ भाद्र २०६७
  गृह्पृस्ठ   आफ्नो बारेमा   फोटो फिचर   सम्पर्क ठेगाना   भण्डार
गृह्पृस्ठ बनाउनुहोस्
समाचार पठाउनुहोस् प्रतिक्रिया
| आज पनि प्रधानमन्त्रीका दुबै उम्मेदवार पराजित | | प्रधानमन्त्रीमा सातौं पटकको निर्वाचन सुरु | | प्रधानमन्त्रीमा सातौं पटकको निर्वाचन सुरु | | टेप प्रकरणको विषय टुङग्याउन माग | | मधेसी मोर्चा आज पनि तटस्थ बस्ने | | माओवादी कब्जामा रहेका प्रहरी मुक्त | | न्युजिल्यान्डमा सात रेक्टर स्केलको भूकम्प | | छोरीका कारण पदबाट राजीनामा | | सात बाल यौन दुराचारीलाई जेल |
Left Content





Watch on YouTube
अफ्रिकाको कालाजातीले नेपाली बोल्दा तपाइलाई कस्तो लाग्छ ?
View Recent YouTube Videos
Watch on YouTube
नयाँ बर्षको अवसरमा देशबासीलाई संबोधन गर्दै - प्रधानमन्त्रि माधव कुमार नेपाल
View Recent YouTube Videos
Details Page
नेपाल समाचार
तामाकोशी र सञ्चयकोषबीच संझौता
नेपालअष्ट्रेलियान्युज सम्वाददाता

काठमाण्डौ, ३० जुलाई, १४ साउन / प्रमुख लगानी कर्ता कर्मचारी सञ्चय कोष र नेपाल विध्युत प्राधिकरणबीच माथिल्लो तामाकोशी जलविध्युत आयोजना निर्माणका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।  हस्ताक्षरसंगै केही समयदेखी अन्यौलमा रहेको आयोजनालाई ऋण जुटेको हो ।

प्राधिकरण र सञ्चयकोषबीच आज १० अर्व दीर्घकालिन ऋण प्रवाह गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा प्राधिकरणका कार्यकारी निर्देशक डाक्टर जिवेन्द्र झा, सञ्चय कोषका प्रशासक डाक्टर रमेशकुमार भट्टराई र माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रवन्ध सञ्चालक भोजराज रेग्मीले त्रिपक्षीय ऋण सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

२०६४ माघ १५ गते नै आयोजनालाई ऋण दिने समझदारी भए पनि सञ्चय कोष र प्राधिकरणबीच व्याज, धितो र सेयर वाँडफाँडमा सहमती हुन नसक्दा सम्झौता हुन सकेको थिएन ।  ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविध्युत आयोजनामा धितो राख्न र ११ प्रतिशत व्याज दिन प्राधिकरण सहमत भए पछि सञ्चयकोषले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

हस्ताक्षर समाहेरमा वोल्दै उर्जा मन्त्री डाक्टर प्रकाशसरण महतले समयमा नै आयोजना निर्माण गर्न सके आर्थिक विकास र विकासमा तामोशी कोशेढुंगा सावित हुने वताउनु भयो । उहाँले आयोजना शूरु भए पछि समयमा नै निर्माण हुन्छ भनेर विश्वास दिलाउन नागरिक समाज, स्थानीय वासी, राजनीतिक दल र प्राधिकरणले गरेका प्रतिवद्धताको व्यवहारिक कार्यान्वयन हुन पर्ने वताउनु भयो ।

कर्मचारी सञ्चय कोषका प्रशासक डाक्टर रमेशकुमार भट्टराईले रकमको दूरुपयोग हुन नदिन सबै लगानी कर्ता र सरकार सदैव चनाखो हुन आवश्यक रहेको धारणा राख्नु भयो । उहाँले स्वदेशी सीप र पूजीमा वन्न लागेको पहिलो आयोजनालाई अख्तियारको दुरुपयोग नगरी सधैका लागि विश्वासको आधार वनाइनु पर्ने वताउनु भयो ।

प्राधिकरणका कार्यकारी निर्देशक डा. जिवेन्द्र झाले योजना कार्यान्वयनका लागि अब समय बाँकी नभएको भन्दै समयमै योजना सुरू र सम्पन्न गर्न सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

स्वदेशी सीप र लगानीमा वन्न लागेको पहिलो र अहिलेसम्मको सवैभन्दा सस्तो माथिल्लो तामाकोशी जलविध्युत आयोजना निर्माणका लागि गत सोमवार मात्रै प्राधिकरण र लगानी कर्ताबीच शेयर वाँडफाँड सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको थियो ।

आयोजनाको व्यवस्थाअन्तर्गत कूल लागत अनुमान निर्माण अवधिको व्याज वाहेक ३५ अर्व २९ करोड मध्ये ३० प्रतिशत सेयर पूँजी र ७० प्रतिशत ऋण लगानी रहनेछ । जसमध्ये प्राधिकरणको ४० प्रतिशत, टेलिकमको ६ प्रतिशत तथा बीमा संस्थान र लगानी कोषको २-२ प्रतिशत सेयर रहनेछ । त्यसैगरी कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताहरूले १८ प्रतिशत, दोलखाबासीले १० प्रतिशत, र्सबसाधारणले १५ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीले ४ प्रतिशत तथा ऋण लगानी गर्ने कम्पनीका कर्मचारीले ३ प्रतिशत सेयर पाउने छन् ।

आयोजनाको ऋण लगानीतर्फकोषले १० अर्ब, टेलिकमले ६ अर्ब, संस्थान र लगानी कोषले २-२ अर्ब लगानी गर्नेछन् भने नेपाल सरकारले ११ अर्ब ८ करोड रुपैयाँ ऋण सहयोग गर्नेछ । परियोजनाका अन्य साझेदार कम्पनीबीच पनि छिट्टै ऋण लगानी सम्झौता गरिने प्राधिकरणले जनाएको छ ।

दोलखा जिल्लाको लामावगर गाँउ विकास समितिमा पर्ने यस आयोजनाबाट हाल नेपालमा उत्पादन भइरहेको विध्युतको झण्डै ६६ प्रतिशत अर्थात ४ सय ५६ मेगावाट विध्युत उत्पादन हुन्छ ।

सुरुङ निर्माण र आयोजना प्रवेश मार्गको सिंगटी देखि लामावगरसम्म साँढे २८ मिलोमिटर नयाँ ट्रयाक खोल्ने र सदरमुकाम चरिकोटबाट ३७ किलोमिटर वाटो सुदृधिकरणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनको मुख्य निर्माण कार्य यही आर्थिक वर्षा शूरु गरी सन् २०१५ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

प्रकाशित मिति : 2010-7-30 - 09:44

Drop your comment here

Full Name
Address
Email
Comment

Note : Message will be published after the editor's approval

यसअघिका नेपाल समाचार ::
* आज पनि प्रधानमन्त्रीका दुबै उम्मेदवार पराजित
* प्रधानमन्त्रीमा सातौं पटकको निर्वाचन सुरु
* प्रधानमन्त्रीमा सातौं पटकको निर्वाचन सुरु
* टेप प्रकरणको विषय टुङग्याउन माग
* मधेसी मोर्चा आज पनि तटस्थ बस्ने
* सातौपटक प्रधानमन्त्रीको चुनाव हुँदै
* तमलोपाको कार्यालयमा मधेशी मोर्चाको बैठक
* बाढिले जीप बगायो, पाँच जनाको मृत्यु
* बर्षाले घर भत्किदा दुई जनाको मृत्यु
* आज निजामति सेवा दिवस मनाईदै
* जुवा घरबाट सभासद पक्राउ परे
* भोटेकोशीमा वस खस्यो, सात जना ठहरै
* माओवादीद्वारा ह्वीप र स्पष्टिकरण
* कांग्रेस जुट्यो प्रचार प्रसारमा
* अनमिनको निर्णयगर्ने जिम्मा प्रधानमन्त्रीलाई
* बच्चालाई मारेर फाल्ने आमा पक्राउ
* अनमिनको म्याद थप्ने विषयमा छलफल
* बैठक फेरि सार्यो माओवादीले
* अनेरास्ववियुले प्रतिनिधि छान्न थाल्यो
* माओवादी सभासदलाई जन्मकैदको सजाँय
* प्रधानमन्त्रीको सातौं पटकको चुनाव तेईस गते
* युवा सङ्घले गोदामहरुमा छापा मार्ने
* छैटौं पटकपनि प्रचण्ड र पौडेल पराजित
* नियतवशः विवादमा तानियो - चीन
* देउबाले आज उम्मेदवारी घोषणा गर्ने
* मधेसी मोर्चाको बैठक बस्दै
* आजपनि प्रधानमन्त्री नचुनिने
* टेप प्रकरणको छानविन गर्न माग
* सुशील कोईरालाद्वारा उम्मेदवारी घोषणा
* बुद्ध एअरको विमान आपतकालिन अवतरण
* सातौ चरणमा एमाले तटस्थ बस्दैन - ओली
* क्रान्तिकारीले बिध्यार्थी भर्नामा रोक लगायो
* भोलि पनि प्रधानमन्त्री नचुनिने !
* बेग्लाबेग्लै दुर्घनामा नौजनाको मृत्यु
* मधेसी मोर्चाको बैठक बस्दै
* मधेसी मोर्चासँगको छलफलमा साना दल
* कांग्रेस आजपनि छलफलमा व्यस्त
* सभासदकिन्न पचास करोड मागेको खुलासा
* करणीको अभियोगका कैदी भागे
* मूर्ति विसर्जन गर्न गएका तीनजना डुबे
* फौजी शासन लगाउने षडयन्त्र भएको आरोप
* कामचलाउ भएर बस्न लाजलाग्यो-गृहमन्त्री
* प्रचण्डलाई प्रधानमन्त्री बनाउन फोरम सकृय
* सुनको आयातमा आजदेखि प्रतिबन्ध
* सुजाता र सिटौलाको भिडन्त हुने
* फ्लाइङ स्कुलकी आशारानी पक्राउ
* कांग्रेसको नीति तथा कार्यक्रम पारित हुँदै
* आज माओवादी पदाधिकारी बैठक
* राजस्व गस्ती टोलीद्वारा सुन बरामद
* कैलासकुटमा क्रान्तिकारी र नेविसङ्घको झडप
* काँग्रेस संसदीय दलको बैठकको आहृवान
* महाप्रबन्धकले भ्रष्टाचार गरेको फैसला
* पाँच करोड दिने प्रस्ताव गरेको दावी
* संबिधानसभाको औचित्य सकियो-थापा
* कांग्रेसको बैठक आजपनि बस्दै
* सात वटा समितिको प्रतिवेदन बुझाईदै
* परिवारकै तीनजनाले घरमुलीको हत्या गरे
* दुबै फोरमले प्रचण्डलाई समर्थन गर्ने !
* पीएन क्याम्पसको स्वर्णजयन्तीमा राष्ट्रपति
* मिस नेपालको उपाधी सदिक्षालाई
Ads

Right_stuff
Forex
Currency
Buy
Sell
Australian Dollar
65.81
66.37
US Dollar
70.90
71.50
Euro
95.07
95.87
UK Pound Sterling
109.60
110.53
Swish Franc
66.37
66.94
Canadian Dollar
71.07
71.68
Singapore Dollar
51.67
52.11
Japanese Yen
7.62
7.69
Gold Silver Prices
Types
Wgt(gms)
Prices
तेजाबी सुन
10
27235
छापावाल सुन
10
27415
असली चांदी
10
446
( 10 Gms = 0. 8573 Tola )
Online_Poll
 प्रजिअ पिट्ने राज्यमन्त्रीलाई कस्तो कार्वाहि गर्नुपर्ला ?

मन्त्रीपदबाट बर्खास्त गर्नुपर्छ
माफि माग्न लगाउनु पर्छ
स्याबासी दिनु पर्छ
कडा कार्वाही गर्नुपर्छ

 


Footer Page