काठमाण्डौ, ३० जुलाई, १४ साउन / संविधान सभामा रहेका दलहरुले देशलाई राजनीतिक बन्दी बनाएको भन्दै पूर्वराजा सहितको गोलमेच सम्मेलनको तयारीमा लागेको बृहत गोलमेच सम्मेलन आयोजक समितिले देशभर प्रचार अभियान शुरु गरेको छ ।
समितिले राजधानीमा कोण सभाको समेत शुरुवात गरेको छ । जेठ १४ गतेपछिको ६ महिनाभित्र राजधानीमा गर्ने भनिएको सम्मेलनको तयारी स्वरुप समितिले अहिले राजधानी केन्द्रित भएर कोणा सभा गरिरहेको छ ।
यसैक्रममा राजधानीका कंलकी, रत्नपार्क, नया बानेश्वर लगायतका क्षेत्रमा १९ गतेसम्म कोणसभा गरिने समितिका संयोजक केशव अधिकारीले जानकारी दिनुभयो ।
दलका नेताहरुले जनताको भन्दा आफ्नो स्वार्थमा लागेर देशलाई डुबाएको आरोप लगाउदै पूर्व राजा ज्ञानेन्द्र शाहसहितको गोलमेच सम्मेलनले राजनीतिक निकास दिने भन्दै पूर्व राजावादी शक्तिहरु सम्मेलनको तयारीमा जुटेका हुन् ।