सिड्नी, युवा वर्गलाई लक्षित गरी बनाइएको नेपाली फिचर फिल्म 'लुट' ले नेपालमा मात्र हैन, अस्ट्रेलियामा समेत सफलता कमाएको छ । अस्ट्रेलियामा अध्ययन गरेर नेपाल फर्किएका युवा निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र 'लुट' को दुई सो पूर्ण रूपमा बिक्री भइसकेको छ भने अन्य दुई सो समेत बिक्रीको अन्तिम चरणमा रहेको आयोजकको दाबी छ ।
व्यस्त सहर सिड्नीको इभेन्ट सिनेमामा प्रदर्शन भइरहेको यो फिल्मको पि्रमियर सो समेत खचाखच भरिएको थियो ।
शैक्षिक परामर्श व्यवसायमा विभिन्न विकृतिहरु बढ्दै गएको र स्वच्छ प्रतिस्पर्धा हुन नसकेको गुनासो आइरहेको बेला अस्ट्रेलियामा रहेका नेपाली माइग्रेसन एजेण्ट तथा शैक्षिक परामर्शकर्ताहरु संगठित भएका छन् । व्यवसायीहरुबीच आचारसंहिता लागू गर्ने सेवा शुल्कमा एकरुपता ल्याउने साथै कलेज र विश्वविद्यालय तथा अस्ट्रेलियन सरकारका विभिन्न निकायसँग सम्वाद बढाउने उद्देश्य लिएर डिसेम्बर २ का दिन सिड्नीमा भएका व्यवसायीहरुको भेलाले संजीव पाण्डेको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ
नेकपा एमालेका प्रभाबशाली नेता तथा नेपालका पुर्व उपप्रधानमन्त्री नेता केपी ओलीले फेब्रुअरी ५ आइतबारका दिन सिड्नीमा हुन लागेको 'नयाँ नेपालको पूर्वाधार : शान्ति, सुशासन, सामाजिक न्याय र मानव अधिकार' विषयमा नेपाली समुदायका अगुवाहरुबिच अन्तरक्रिया गर्ने हुनु भएको छ । मानव अधिकार तथा लोकतान्त्रिक मञ्च अष्ट्रेलियाको तेश्रो अशिबेशनको प्रमुख अतिथिका रुपमा उहाँले कार्यक्रमलाई सम्बोधन गर्नु हुनेछ । कार्यक्रम १२ ब्रिज स्ट्रीट , ग्रयाण्ड वेस्टेला, लिडकम्बमा अपरान्ह १२ बजे देखि साँझ ५ बजे सम्म संचालन हुनेछ ।
सद्धाम हुसेनको सत्तामाथि आक्रमण गर्दै ९ वर्षअघि इराक छिरेको अमेरिकी सेनाको अन्तिम टोली आज कुवेत हुँदै आफ्नो मुलुकतिर फर्केको छ। इराकबाट एक सय गाडीसहित ५ सय सेनाको टोली दक्षिणी इराकको मरुभूमि पार हुँदै कुबेत छिरेको हो। युद्ध चरमोत्कर्षमा पुग्दा इराकका ५ सय सुरक्षा केन्द्रमा १ लाख ७० हजार अमेरिकी सैनिक सक्रिय थिए। सन् २००३ देखिको यो युद्धमा ४ हजार ५ सयको हाराहारीमा अमेरिकी सेना र दसौं हजार इराकीले ज्यान गुमाए। महँगो मानिएको यो युद्धमा १० खर्ब अमेरिकी डलर सकिएको अनुमान छ। अमेरिकी सेनाले इराकी सुरक्षा फौजलाई तालिम दिएर फर्केको छ।
दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन सार्कको १७ औ शिखर सम्मेलन आजबाट माल्दिभ्सको अड्डु एडोन सहरमा सुरु भएको छ । अड्डुमा आयोजित विशेष समारोहका वीच भुटानका प्रधानमन्त्री जिग्मे वाई थिन्लेले सम्मेलनको उद्घाटन गर्नु भएको हो । सार्कको अध्यक्ष राष्ट्रको नाताले थिन्ले सम्मेलनको उद्घाटन गर्नु भएको हो । उद्घाटनपछि सम्मेलनको अध्यक्षता माल्दिभ्सका राष्ट्रपति मोहम्मद नासिदलाई हस्तान्तरण गर्नु भएको थियो । समारोहमा बोल्दै माल्दिभ्सका राष्ट्रपति नासिदले सम्मेलनले सार्क सदस्य राष्ट्रवीचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै जनस्तरमा समेत यसले दह्रिलो सम्बन्ध स्थापना गर्ने विश्वास ब्यक्त गर्नु भयो । सम्मेलनले विपत्ति ब्यवस्थापन, जलबायू परिवर्तन, असल शासन र सुरक्षाको विषयमा महत्वपुर्ण
शान्टारोजा क्यालिफोर्निया २७ अक्टोबर । अमेरिकाको सनफ्रानसिस्को क्षेत्रमा वसोवास गर्ने नेवार समुदायको पहलमा बिहीबार नेपालको मौलिक संवत् नयाँ वर्ष ११३२ को उपल्क्ष्यमा शुभकामना आदान-प्रदान गर्नुका साथै विधिपूर्वक म्हपूजाको आयोजना गरियो । नेवाः पुचको आयोजनामा सम्पन्न सो कार्यक्रममा करिव ८० नेपालीको सहभागिता रहेको थियो । कार्यक्रममा खाना व्यवस्थापनमा नारायण सवनामी र अन्य प्रबन्धमा बुद्ध महर्जन लागयत धेरै को को सक्रियता थियो । समाजसेवी मास्केले सबैलाई टीका लगाइदिएपछि नेपाल संवत् ११३२ का उपलक्ष्यमा एक जुलुसको आयोजना पनि गरिएको थियो । साँझ साँस्कृतिक कार्यक्रम तथा लाखे नाच पनि प्रदर्शन गरिएको थियो ।
बेलायती प्रधानमन्त्रीको निवास 'टेन डाउनिङ स्ट्रिट' २० अक्टोबरको साँझ भरिभराउ थियो । तर त्यहाँको भीडभाडचाहिँ विल्कुलै फरक किसिमको थियो । त्यहाँ कुनै 'डेलिगेसन' थिएन । न त युरोपको आर्थिक संकट वा सैनिक शासक गद्दाफीको पतनपछि लिबियाको भविष्यबारे नै बहस भइरहेको थियो । बरु, नजिकिँदै गरेको दीपावली मनाउन यहाँ रहेका नेपालीका साथै हिन्दु र अन्य धर्मावलम्बीसमेत त्यहाँ प्रतीक्षारत थिए । प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो निवासमा दीपावली मनाउन आयोजना गरेको एउटा 'रिसेप्सन' मा हिन्दु, जैन, सिख, व्यवसायी, राजनीतिज्ञ, खेलाडी, सैनिकलगायत क्षेत्रका सयौं व्यक्तित्व सामेल भए । त्यस्तो संवेदनशील क्षेत्रमा समेत निम्तालुलाई परिचय र निम्तो पत्रका भरमा मात्र सहज प्रवेश दिइएकाले अधिकांश सहभागी चकित तर दंग देखिन्थे ।
मर्मतका लागि विद्युत प्लान्ट अस्थायी रुपमा बन्द गरिएको अवस्थामा माग बढी र आपूर्ति कम भएपछि दक्षिण कोरियाका थुप्रै ठाउँमा विद्युत आपूर्ति बन्द भएको छ। योन्हाप समाचार एजेन्सीका अनुसार देशभर एक घण्टासम्म विद्युत कटौति भएको थियो। दक्षिणपूर्वी औद्योगिक सहर उल्सानमा ५०५ वटा ट्राफिक सिग्नलमध्ये १८९ निभेपछि ट्राफिक जाम भएको थियो। त्यहाँका करिब २० वटा उद्योगहरु बन्द भएका थिए। त्यसैगरी लिफ्टहरुमा अडकिएका मान्छेहरुले आपतकालीन सेवामा कल गरेका थिए। योन्हापका अनुसार सउलका एलेभेटरमा करिब एक सय जना र बुसानमा ३० जनाले आपतकालीन सेवामा फोन गरेका थिए। दक्षिण कोरियामा विद्युत आपूर्ति दुर्लभ घटना हो। गत जनवरीमा सरकारले विद्युतको माग अत्यधिक बढेपछि चीसो मौसममा पनि तापक्रम बढाउने उपकरण नचलाउन अपील गरेको थियो।
नेपालबाट तयारी पोशाक अब अस्ट्रेलिया निर्यात हुने भएको छ । नेपाल तयारी पोशाक संघका अध्यक्ष उदयराज पाण्डेका अनुसार अस्ट्रेलिया सरकारले नेपालबाट निर्यात हुने तयारी पोशाकमा भन्सार नलाग्ने सुबिधा समेत दिएको छ । अहिले सम्म अस्ट्रेलियामा भारत र चिनले तयारी पोशाक निर्यात गर्ने गरेका छन् । भारतबाट निर्यात हुने सबै प्रकारका तयारी पोशाकमा भन्सार छुट नभएको हुदाँ भारतले लिई रहेको अस्ट्रेलियाको तयारी पोशाकको बजार नेपालले लिन सक्ने सम्भावाना भएको पाण्डेले बताउनु भयो । यहि नोवेम्बेर २२ देखि २४ सम्म सिड्नीमा आयोजना हुने तयारी पोशाक मेलामा नेपाल तयारी पोशाक संघले पनि २ वटा स्टल राख्ने भएको छ ।
नेकपा एमालेका नेता केपी शर्मा ओलीले पूर्व निर्धारित समयमा नयाँ संविधान बन्न नसक्नुमा हतियारको विस्तार नरोकिनु मुख्य कारण भएको बताएका छन्। उनले मुलुकमा दीगो शान्ति होला भन्ने आशाले जनताले माओवादीलाई ठूलो पार्टी बनाइए पनि उक्त अभिभारा पूरा नभएको उल्लेख गरे। नेपाल अफ्रो-एसियाली जनएकता सङ्गठन (आप्सो)द्वारा शनिबार आयोजित साना हतियार प्रसारणः चुनौतीहरू विषयक प्रवचन कार्यक्रममा बोल्दै नेता ओलीले माओवादीका सभासद् बालकृण ढुङ्गेलतर्फ सङ्केत गर्दै सर्वोच्च अदालतले किटानी अपराधीरुपमा चित्रित व्यक्तिहरु खुलेआम हामीलाई अर्ति उपदेश दिँदै हिँडिरहेको बताए। उनले नयाँ वर्ष सन् २०१२ आतङ्क र त्रासको न्यूनीकरणको वर्ष रहन सकोस् भन्दै शान्तिका लागि हिंसाका पक्षधरलाई मन नपर्ने भए पनि शान्तिप्रेमीले आफ्नो शान्तिप्रतिको वकालत छोड्न नहुनेमा जोड दिए।
माओवादीभित्रको अन्र्तद्धन्द्धले नयाँ मोड लिएको छ । बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले अध्यक्ष प्रचण्डको १० बुँदे राजनीतिक प्रस्तावको विरुद्ध असहमतिको प्रस्ताव दर्ता गरेर छलफल जारी रहेको बेला स्थायी समिति सदस्य एवम् मुख्य सचेतक देबप्रसाद गुरुङले नयाँ असहमतिको प्रस्ताव प्रस्तुत गरेका छन् । गुरुङको असहमतिको प्रस्तावमा संविधान निर्माणको क्रममा अध्यक्ष प्रचण्डले पार्टी नीति र निर्णय विपरित आत्मसमर्पण गर्दै सहमति गर्दै गएको आरोप लगाएका छन् । उनले संविधान निर्माणको क्रममा देखिएका विवादमा सहमति जुटाउन अध्यक्ष प्रचण्डको संयोजकत्वमा गठित उपसमितिमा अध्यक्षले पार्टी नीति
सरकारले मधेसी युवालाई नेपाली सेनामा समूहगत प्रवेश गराउने उद्देश्यले ल्याएको नेपाली सेनामा समावेशी गर्ने सम्बन्धी नीति पत्र खारेजीको माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर भएको छ। चुरेभावर राष्ट्रिय एकता पार्टीले जातीय आधारमा सेनामा भर्ती गर्नु गलत भन्दै रिट हालेको हो। मन्त्रिपरिषदको निर्णयले कुनै जात विशेषलाई सेनामा सामूहिक प्रवेश गराउँदा अन्य जात जातिको संविधान प्रदत्त समान अधिकारको हक कुण्ठित हुने दावीसहित नीति पत्र खारेजीको माग गदै रिट दायर गरेको सो पार्टीका सभासद बद्री न्यौपानेले जानकारी दिए। मन्त्री परिषदको सो निर्णयले राष्ट्रिय सेनालाई जातीय सेनामा विखण्डन गर्ने र यसले मुलुकको
सरकारले पेट्रोलियम पदार्थको मूल्य हाल नबढाउने भएको छ। प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको अर्थ मन्त्री, वाणिज्य तथा आपूर्ति मन्त्रीलगायत सम्बद्ध पदाधिकारीको बैठकमा तत्काल नेपाल आयल निगमलाई वाणिज्य मन्त्रालय मार्फत रकम उपलब्ध गराई घाटा पूर्ति गराउने र मूल्य बढ्न नदिने निर्णय भएको हो। बैठकपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री वर्षमान पुनले निगमलाई एक महिनामा हुने गरेको घाटाको रकम रु डेढ अर्ब दिइने र दीर्घकालीनरुपमा मूल्य तोक्न चाँडै निर्णय लिइने बताए। उनले भने - अन्तर्राष्ट्रिय मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्छ,
आफ्नै पत्नीतको हत्या गरेका एक युवाले शुक्रबार प्रहरी कार्यालयमा आएर गिरफ्तारी दिएका छन्। सानीभेरी नदी किनारको ओढारमा सपरिवार बस्दै आएका रामलाल वादीले समान्य विवादमा आफ्नै श्रीमती मोतीकलाको हत्या गरेका हुन। खोलामा पानी ल्याउने विवादमा आफूहरुबीचमा समान्य विवाद भएको रामलालले प्रहरीमा बयान दिएका छन्। मदिरा सेवन गरेका रामलालले बिहीबार राति हातले हिर्काउँदा मोतीकला ओढारको भीरबाट खसेकी थिइन्। ओढारको भीरबाट खसेको धेरैबेरसम्म पनि उनी नआएपछि खोजीको लागि जाँदा मृत अवस्थामा भेटिएकी रामलालले बताए। घरवास नभएका वादी परिवार विगत एक दशकदेखि ओढारमै बस्दै आएका छन्।
नेपाली कङ्ग्रेसले नेपाल तरुण दल, चितवनका अध्यक्ष शिव पौडेलको हत्याको विरोधमा आज आह्वान गरेको नेपाल बन्दका कारण राजधानीको जनजीवन अस्तव्यस्त भएको छ। पार्टीले कुनै पनि किसिमका तोडफोड हुन नदिन पार्टीका सबै निकाय, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधिलाई आग्रह गरे पनि बन्दको अवज्ञा गरेको भन्दै राजधानीका केही स्थानमा तोडफोड र आगजनी सुरु भएको छ।
बन्दका क्रममा चावहिल स्तुपा नजिक प्रदर्शनकारीहरूले बा१ज १६३ नम्बरको ट्याक्सी ताडफोड गर्दै आगजनी गरेपछि पूर्णरूपमा ट्याक्सी जलेको छ भने तिलगङ्गामा प्राइभेट नम्बरको बा९च ३७२० कारमा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणले भोली मंगलबारदेखि हप्तामा ६९ घण्टा बिद्युत आपूर्ति कटौति गर्ने जनाएको छ । सातामा ४० घण्टा विद्युत कटौ तगर्दै आएको प्राधिकरणले खोलामा पानीको मात्र कम हुनथालेपछि लोडसेडिङ गर्नुपरेको जनाएको छ । अब भोलीदेखि ६९ घण्टा विद्युत कटौटि हुने छ ।
नयाँ तालिका अनुसार हप्तामा दैनिक २ पटकका दरले ४ दिन ११ घण्टा, एक दिन १० घण्टा र एक दिन ९ घण्टा विद्युत कटौति हुने छ । एक दिन भने एकै पटक ६ घण्टा विद्युत कटौति हुने नयाँ कार्यतालिकामा उल्लेख छ । प्राधिकरणले ४० देखि ५० प्रतिशत विद्युत चुहावट हुने ठाउँमा तालिकामा भन्दा २ घण्टा बढी र ५० प्रतिशत भन्दा बढी चुहावट हुने फिडरमा दैनिक ३ घण्टा भन्दा धेरै विद्युत कटौति हुने छ ।
कुटपिटबाट घाइते तरुण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेलको उपचारको क्रममा मृत्यु भएपछि नेपाली काग्रेसले पुष ४ गते नेपाल बन्दको आब्हान गरेको छ ।सभापति सुशील कोइराला लगायतका शीर्ष नेताहरुको आकस्मिक बैठकले बन्द आब्हानको निर्णय गरेको हो । भातृ संगठनहरुले गरिरहेको बन्द र प्रर्दशनलाई नेपाली काङ्ग्रेसले समर्थन पनि गरेको छ । काङ्ग्रेसको विघटित भ्रातृ संस्था तरुण दल चितवन अध्यक्ष पौडेलको उपचारको क्रममा बिहान ३ बजे राजधानीको न्यूरो अस्पताल बाँसबारीमा निधन भएको थियो । बैठकले पौडेलको हत्या सरकारी कमजोरीका कारण भएकोले सरकारले तत्काल पौडेललाई राष्ट्रिय सहिद घोषणा गरेर विषेश क्षतीपूर्ती दिनु पर्ने माग पनि गरेको छ ।
नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधान मन्त्री माधव कुमार नेपालले शान्ति प्रकृया प्रधानमन्त्री बाबुराम भट्टराईको टेबलमा थन्किएको बताएका छन्। नेकपा एमाले दोलखाले चरिकोटमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भट्टराईकै कारण शान्ति प्रक्रिया अघि बढ्न नसकेको आरोप लगाए। सुरुमा निकै उत्साजनक रुपमा यो प्रक्रिया अघि बढेको थियो, तर अहिले प्रधानमन्त्रीको आफ्नै कारणले टेबुलमा थन्किएर बसेको छ,- नेपालले भने। कहिले आफ्नै पार्टी भित्रको विवाद त कहिले शिविर खाली गराउने बाहनामा अल्झिएका प्रधानमन्त्री बाबुराम भट्टराइकै कारण शान्ति प्रकृयाका सबै विषयहरु थन्किएको आरोप पनि उनले लगाए।
नेपाल टेलिकमका कर्मचारीले सञ्चार मन्त्री जेपी गुप्ता र सञ्चार सचिव श्रीधर गौतमले सञ्चार माफियाको इशारामा काम गरेको आरोप लगाएका छन्। उनीहरुले मन्त्री र सचिव टेलिकमलाई टाँट पल्ट्याउने खेलमा लागेको आरोप पनि लगाए। टेलिकममा सक्रिय ५ वटै कर्मचारी सङ्गठनले बिहीबार रिपोर्टर्स क्लबमा संयुक्त पत्रकार सम्मेलन गरी टेलिकमलाई मोबाइल नवीकरणवापतको रकम तिर्न ताकेता गरेर टाँट पल्टाउने खेल षडयन्त्र गरेको बताएका हुन्। टेलिकमले यस्तो रकम २० अर्ब तिर्न बाँकी छ। यति रकम तिर्नुपर्योर भने टेलिकम टाँट उल्टने कर्मचारीको दाबी छ। मन्त्री र सचिवको दबाबमा दूरसञ्चार प्राधिकरणका कर्मचारीले बारम्बार
सिद्धार्थ गौतम बुद्धको जन्म स्थल कपिलबस्तु- लुम्बिनीको प्रबर्धन गर्ने हेतुले कपिलवस्तु -लुम्बिनी दिवस अभियान अस्ट्रेलिया कार्य समितीले तेश्रो कपिलबस्तु - लुम्बिनी दिवस मनाउने भएको छ । अभियानका अस्ट्रेलिया संयोजक निमा शेर्पाका अनुसार यहि ११ डिसेम्बर आइतबार का दिन अपरान्ह ३ बजे देखि ५ बजे सम्म ६६ प्रिन्सेस स्ट्रीट, एस्बरीमा " लुम्बिनीको प्रबर्द्धनमा हाम्रो सहभागिता " बिषयमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिनेछ ।
भारत पराजित
सिड्नी, अस्टे्रलियाले सिड्नी ओलम्पिक स्टेडियममा बुधबार पहिलो ट्वान्टी-ट्वान्टीमा भारतलाई ३१ रनले हरायो । दुई खेलको शृङ्खलामा अस्टे्रलियाले १-० को अग्रता लिएको छ । भारतले भने अस्टे्रलिया भ्रमणमा अहिलेसम्म कुनै खेल जित्न सकेको छैन ।
एक दिनको खेलमा उपस्थिति कीर्तिमान ६० हजार दर्शक अगाडि पहिले ब्याटिङको निम्तो पाएको अस्टे्रलियाले ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाएर १ सय ७१ रन बनायो । त्यसयता भारत छ विकेट गुमाएर १ सय ४० रनमा सीमित रह्यो ।
माइकल क्लार्कको अस्टे्रलियासँग टेस्ट शृङ्खलामा ४-० को ह्वाइटवास बेहोरेयता भारतले क्रिकेटको छोटो संस्करणको पुनरागमन गर्ने विश्वास गरिएको थियो । तर भारतीय खेलाडीले त्यो विश्वासलाई मैदानमा उतार्न सकेनन् । अस्टे्रलियाका लागि म्याथ्यु वेडले 'म्यान अफ द म्याच' को प्रदर्शन गरे ।
ब्रायड हिडनको स्थानमा ट्वान्टी-ट्वान्टी र वान-डेमा विकेटकिपरको भूमिका निभाइरहेका वेडले ४३ बलमा ७२ रन बनाए । उनले तीन छक्का र पाँच चौका प्रहार
गरे । अर्का प्रारम्भिक ब्याट्सम्यान डेविड वार्नरले १४ बलमा २५ रन थपे । वार्नरले दर्शकलाई खुसी तुल्याउँदै विशाल छक्का प्रहार गरे ।