सिडनि, २२ जुलाई / मानब अधिकार तथा लोकतान्त्रिक मन्च अष्ट्रेलिया (NEHURIPD)ले ग्रेटर नेपाल बृत्त चित्र प्रदर्शनी गर्ने भएको छ । बृत्त चित्र जुलाई २४ र २५ ( शनिवार र आईतबार ) मा देखाईन लागिएको हो । दिउँसो दुई बजे देखि चार बजे सम्म प्रदर्शन हुने सो बृत्त चित्रको निर्माण मनोज पण्डितले गरेका हुन ।
बृत्त चित्रलाई दुई छुट्टा छुट्टै चरणमा प्रदर्शनी गरिने बताईएको छ । जसअनुसार २४ जुलाई अर्थात शनिवारको प्रदर्शनिलाई "भीआईपी सो" भनिएको छ । उक्त सो मा बृत्त चित्र हेर्न चाहनेले १०० अष्ट्रेलियन डलर तिर्नु पर्ने छ भने समय दिउँसो २ बजे निर्धारण गरिएको छ ।
त्यस्तै २५ जुलाई अर्थात आईतबारको दिन उक्त बृत्त चित्र हेर्न चाहनेले १५ अष्ट्रेलियन डलर तिर्नु पर्ने छ । आईतवार पनि दिउँसो २ बजे देखि बृत्त चित्र प्रदर्शनी हुने बताइएको छ ।
दुबै दिनको प्रदर्शनी Hurestville Civic Theater MacMohan Street Hurstville मा हुने आयोजकले जानकारी दिएका छन् । साथै ग्रेटर नेपाल बृत्त चित्र हेरेर लाभान्वीत हुन आयोजकले अनुरोध समेत गरेका छन्।