युरोप, २७ जुलाई / युरोपेली संघले इस्लामिक गणतन्त्रको वैदेशिक व्यापार, बैकिङ र उर्जा क्षेत्रलाई लक्षित गरी इरानमाथि थप नाकाबन्दी लगाउने घोषाणा गरेको छ।
तेहरानको आणविक कार्यक्रम रोक्ने अन्तर्राष्ट्रिय समूदायको प्रयास अनुरुप गत जुनमा युरोपेली संघका नेताहरु सम्झौता पत्रमा सहमत भएका थिए।
यसैबीच, इरानले अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी आइएइएलाई एक पत्र पठाउँदै विना शर्त आणविक उर्जा विनिमयको वार्तामा आफु पुनः वस्न तयार रहेको बताएको छ।
इरानको उर्जा क्षेत्रका लागि उपकरण, प्रविधि र सेवा बिक्रीबितरणमाथि प्रतिबन्ध लगाउने अमेरिकी सिनेटले एक महिना अघि गरेको घोषाणा अनुरुप युरोपेली संघले सो निर्णय गरेको हो ।
युरोपेली संघको कदमप्रति इरानका विदेश मन्त्रालयका प्रवक्ता रमिन मेहमानपरासले कडा आपत्ती जनाउनु भएको छ।