शनिबार, २६ भाद्र २०६७ |
nepalaustralianews
Flash News
नियमित स्तम्भ
बिचार

केमा अड्किएको छ राष्ट्रिय सहमति ?

वार्ता

नेताहरुको गोठाला खोज्दै छौं

मनोरन्जन

सपनाविहीन सीमा

प्रवासको आवाज

लुम्बिनीले मेक्का मेदिना र भ्याटिकन सिटी बाट धेरै सिक्नु पर्छ

साहित्य

कवि सन्तजस्तो हुनुपर्छ

शोभराजलाई जन्मकैदको फैसला
   - नेपालअष्ट्रेलियान्युज सम्वाददाता    Bookmark and Share

काठमाण्डौ, ३० जुलाई, १४ साउन / विकिनी किलरको रुपमा परिचित फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अमेरिकी महिलाको हत्या गरेको आरोपमा सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । सर्वोच्चले २०६२ सालमा पुनरावेदन अदालत पाटनको निर्णयलाई सदर गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश रामकुमार प्रसाद साह र गौरी ढकालको संयुक्त इजलासले पुनरावेदन अदालतको फैसलालाई सदर गर्ने निर्णय सुनाएको हो । विगत ५ वर्षदेखी नेपालको जेलमा रहेका ६६ वर्षीय शोभराजमाथिको मुद्धामा लामो छलफल र बहस पछि सर्वोच्चले जन्मकैदको फैसला सुनाएको हो ।

अमेरिकी महिला कोन्निजो व्रोनिचिजको हत्या गरेको अभियोगमा न्यायाधिस विश्वम्भर श्रेष्ठको इजालसमा काठमाण्डौ जिल्ला अदालतले २०६१ साउन २८ गते कर्तव्य ज्यान मारेको ठहर गर्दै सर्वस्वसहितको जन्म कैदको सजाय सुनाएको थियो । त्यसका विरुद्ध पूनरावेदन अदालत पाटनमा दिएको रिटमा पनि सोही फैसलालाई सदर गरेपछि उनि २०६२ साल कार्तिक २४ गते सर्वोच्चमा पुगेका थिए ।

शोभराज जाली राहदानीका साथ २०३२ सालमा काठमाण्डौ आइ पुष ६ गते साँगामा अमेरीकी महिला व्रानिचिजको हत्या गरी सोही दिन थाइल्याण्ड गएका थिए । सोही हत्याको अभियोगमा २०३३ साल असोज ७ गते काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

हत्या पछि फरार रहेका शोभराजलाई २०६० साल असोज २ गते राजधानीको याक एण्ड यती होटेलको क्यासिनोबाट प्रहरीले पक्राउ गरेको थियो । शोभराजका विरुद्ध विश्वका विभिन्न मुलुकका अदालतमा मुद्दा अझै वाँकी रहेका छन । उनले करिव ४० वर्ष विभिन्न अपराधमा ९ वटा देशमा जेल जीवन विताइ सकेका छन् ।

यसैबीच, शोभराजकी पत्नी निहिता विश्वासले अदालतको निर्णयप्रति आक्रोस व्यक्त गर्दै न्यायधिशले भष्ट्रचार गरी यस्तो फैसला सुनाएको दावी गरेकी छन् ।

शोभराजविरुद्धको सर्वोच्चको निर्णयलाई उनले सर्वोच्चकै प्रांगणमा भ्रष्ट न्यायाधीशको निर्णय भएको भनि टिप्पणी गरेकी थिइन । शोभराजको पक्षमा वहश गरेकी उनकी सासु एंव वकिल शकुन्तला थापाले अदालतको निर्णय विरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने वताएकी छन् । 

User Comment
Post Your Comment
खेलकुद

नयाँ खेलाडी चयन गर्ने निर्देशन

समसामयिक भिडियो
अफ्रिकाको कालाजातीले नेपाली बोल्दा तपाइलाई कस्तो लाग्छ ?
नयाँ युउट्युब भिडियोहरु हेर्नुहोस्
अनलाईन रेडियो र टिभी
अनलाईन पत्रिकाहरु
विनिमय दर
Currency Buy Sell
Australian Dollar 65.81 66.37
US Dollar 70.90 71.50
Euro 95.07 95.87
UK Pound Sterling 109.60 110.53
Swish Franc 66.37 66.94
Canadian Dollar 71.07 71.68
Singapore Dollar 51.67 52.11
Japanese Yen 7.62 7.69
Chinese Yuan 10.39 10.47
Saudi Ryal 18.90 19.06
Qatar Ryal 19.48 19.64
Thai Bhat 2.20 2.22
UAE Dinar 19.30 19.46
Malasiyan Ringita 22.16 22.34
Indian Rupees 1.60 1.6015
दैनिक पत्रिकाहरु
सुनचाँदीको दर
प्रकार तौल(ग्राम) दर
तेजाबी सुन १० रु. २७२३५
छापावाल सुन १० रु. २७४१५
असली चांदी १० रु. ४४६
(१० ग्राम ‍‍= ०.८५७३ तोला)
वेब टुल दाउनलोड