काठमाण्डौ, ३० जुलाई, १४ साउन / प्रधानमन्त्रीय निर्वाचनमा सहयोग माग्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेकोमा पुग्नु भएको छ ।
सोमवार हुने निर्वाचनमा समर्थन गर्न आग्रह गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई अध्यक्ष दाहाल विजुक्छे निवास भक्तपुर पुग्नु भएको हो । भेटमा नेमकिपाले आफुहरुले सारेका १५ बुँदे मागमा समर्थन गर्नुपर्ने आफ्नो पुरानो अडान अघि सारेको थियो ।
भेटपछि संचारकर्मीसग कुरा गर्दै माओवादी अध्यक्ष दाहालले सरकार बनाउन कुनै पनि दलसंग अनावश्यक सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । उहाँले सबै समुदायको माँग र भावनाको कदर गर्ने बताउदै तर सरकार बनाउन कुनै पनि दलसंग अनावश्यक सम्झौता नगर्ने बताउनु भएको हो ।
नेमकिपाले आफ्ना मागमा किसानहरुलाई सुलभ रुपमा गुणस्तरिय मल उपलब्ध गराउने र स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने, क्रान्तिकारी भुमिसुधार जमिन जोत्नेलार्य वितरण गर्नुपर्ने, वन विनास रोक्नुपर्ने, खानेपानी समस्याको अन्त्य गर्नुपर्ने लगायतका र्सत अघि सारेका छन् ।
नेमकिपाको मागप्रति र्समर्थन भएको भन्दै साउन ६ गते काग्रेसले लिखित प्रतिवद्धता जनाएपनि निर्वाचनमा तटस्थ बसेको थियो । नेमकिपाको दुइ जना निर्वाचित र तीन समानुपातिक सहित पाँच जना सभासद रहेका छन् ।